तपाईँ सुन्दै हुनुहुन्छः

मोरङमा ८१ हजार परिवारलाई राहत वितरण

बिराटनगर । मोरङ जिल्लाको एक महानगरपालिकासहित १७ वटा स्थानीय तहले हिजो बेलुुकासम्म ८१ हजार परिवारलाई राहत वितरण गरेका छन् ।

स्थानीय तहले १२ लाख २७ हजार केजी चामल, ११ लाख पाँच हजार एक सय केजी दाल, ६२ हजार केजी आलुु , ८५ हजार केजी नुुन, ४५ हजार लिटर खाने तेल तथा ७६ हजार पिस साबुुन वितरण गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सबैपालिकाले अहिले पनि राहत वितरण गरिरहेका छन । लकडाउनका कारण प्रभावित विपन्न तथा गरिव परिवारको लगत संकलन गरेर स्थानीय तहले राहत वितरण शुुरु गरेका हुुन ।

स्थानीय तहसँगै विभिन्न समाजिक संस्थाहरुले समेत मोरङका राहत वितरण कार्यलाई तिब्र बनाएका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button