तपाईँ सुन्दै हुनुहुन्छः

मिथिलामा आज सतुवाइन पर्व मनाईदै, भोली जुडशितल

जनकपुरधाम । मिथिलाञ्चलसहित तरार्ई मधेशका जिल्लाहरुमा नयाँ वर्षको अवसरमा सतुवाइन पर्व आज मनाईदैछ ।

यस पर्वमा घर घरमा आजको दिन सातु खाने तथा दान गर्ने चलन रहेको छ । लकडाउन भएका कारणले घर घरमा नै सर्वसाधारणले सातु खाएका छन् । खास गरेर वैशाख शुरु भएसँगै गर्मी बढ्ने भएकाले गर्मीसँग जोगिनका लागि सातु खाने तथा खुवाउने चलन रहेको छ ।

खास गरेर चनाले तयार पारेको वा घरमा नै चना, गहुँ, मक्कै तथा जई मिसाएर भुटी तयार पारेको सातु खाने तथा दान गर्ने चलन मिथिलामा रहेको छ ।

प्रत्येक वर्ष वैशाख १ गते मनाउने सतुवाइन पर्वको भोली पल्ट मिथिलामा जुडशीतल पर्व पनि मनाउने चलन रहेको छ । नयाँ वर्षका दिन घर घरमा आज राति तयार पार्ने विभिन्न खाद्यान्नका परिकारहरु तरुवा, बढी, कडही र विभिन्न प्रकारका तरकारी खाने केही बाँसी राखेर जूड शीतलका दिन स्नान गरेर घरका मूल महिलाले घरको मूल ढोकासहित सबै ढोकाहरुमा राखेर सबै जना बाँसी खाने चलन रहेको छ ।

यसका साथै नयाँ वर्षमा लोटा, गाग्री, कलशसहितका भाडामा राखिएको पानी घरका ज्येष्ठ सदस्यले सबै घरका व्यक्तिहरुको टाउँकोमा आजुरले राखे वर्ष भरि शितलताको कामनासहित आशिर्वाद दिने चलन रहेको छ । यति मात्र नभएर घर वरपरको वोर्ट विरुवा, बाटोघाटोमा पनि सिञ्चाई गर्ने चलन रहेको छ ।

यस दिन एक अर्काको शरीरमा हिलो छ्यापेर कादोमाटी ( थाल माईट ) खेल्ने चलन रहेको छ । जुड शितलका दिन खाने बाँसी भातलाई पानीमा रातपरि राख्ने गरेका कारणले निक्कै शीतल रहने गरेको छ । यसले मान्छेको शरीरमा शीतलता दिने मान्यता रहेको छ ।

यस पटक लकडाउनका कारणले घरका हरेक सदस्यहरु प्रायः आफ्नो घर आएका कारणले पारिवारिक जमघटको हिसाबले निक्कै महत्वपूर्ण रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button