तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर बारामा एक जनाको मृत्यु

बारा । करैयामाई गाँउपालिका वडा नन्बर ५ मा एक जनाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

चैते धानको ब्याडमा पानी पटाइरहेको अवस्थामा करेन्ट लागेर करैयामाई वडा नम्बर ५ तेतरियाका ६० बर्षिय उदयमान सहनीको मृत्य भएको प्रहरी प्रवतmा गौतम मिश्रले जानकारी दिनुभयो ।

करेन्ट लागेर घाइते भएका सहनीलाई उपचारका लागि कलैया अस्पतालमा ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएको प्रवक्ता मिश्रले बताउनुभयोे ।

सहनीलाई सोमवार राती करिब साढे ९ः०० बजेको समयमा खेतमै करेन्ट लागेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button