तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नंं २ मा क्वारेन्टाईनमा बस्नेको संख्या बढ्दै

जनकपुरधाम । प्रदेश नंं २ को पर्सा तथा रौतहटमा गरेर ४ जना कोरोनाको पोजेटिभ बिरामी फेला परेपछि कोरोनाको शंका लाग्नेहरु आफै क्वारेन्टाईनमा गएर बस्ने क्रम बढेर गएको छ ।

प्रदेश नंं २ को ८ जिल्लामा रहेको १ सय ६१ वटा क्वारेन्टाईन्मा गरेर १ हजार ७ सय २६ जना बसेका छन् । यसै होम क्वारेन्टाईनमा पनि १ हजार ५ सय ७७ जना पुगेको प्रदेश नंं २ को स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

विदेश तथा भारतवाट आएका र रुघा खोकी तथा ज्वरो आएकाहरुलाई क्वारेन्टाईनमा आएर बस्नका लागि स्वास्थ्य कर्मीले आग्रह गरेपछि यसमा आएर बस्नेहरुको संख्या बढेर गएको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिनु भयो ।

अहिले प्रदेशमा रहेका क्वारेन्टाईनमा ३ हजार २ सय ९५ शैया रहेको छ । अधिकांश पालिका तथा कतिपय नगरपालिका, उपमहानगरपालिका तथा महानगरपालिकामा वडामा पनि क्वारेन्टाईनको निर्माण गरिएको छ ।

केही नेपाली सेना, शसस्त्र प्रहरीले पनि क्वारेन्टाईनको निर्माण गरेका छन् । प्रदेश नंं २ मा १ सय ३६ पालिकाहरु मात्र रहेका छन् ।

यसका साथै पोजेटिभ बिरामीको सम्पर्कमा आएकाहरुलाई पनि क्वारेन्टाईनमा नै बस्नका लागि स्वास्थ्यकर्मीले निर्देशन दिएपछि संख्या बढेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button