तपाईँ सुन्दै हुनुहुन्छः

भोटेकोशी गाँउपालिकाले एक कारोड २० लाखको प्रकोप व्यवस्थापन कोष निर्माण गर्ने

मेलम्ची । भोटेकोशी गाँउपालिकाले एक कारोड २० लाखको प्रकोप व्यवस्थापन कोष निर्माण गर्ने भएको छ । बिहिबार अर्थात आज बसेको गाँउ कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो ।

गाँउ कार्यपालिकाको २०७६ साल चैत्र १२ को निर्णयले नेपाल बंगलादेश बैकमा स्थापना गरिएको प्रकोप ब्यवस्थापन कोषमा नेपाल सरकारको निर्णय बमोजिमका छ शिर्षकबाट रकमको रकामान्तर गरी उक्त कोष निर्माण गर्ने निर्णय भएको गाँउपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभएको छ ।

अध्यक्ष पौडेलका अनुसार उक्त प्रकोप व्यवस्थापन कोषमा पदाधिकारी तथा कर्मचारी भ्रमण शिर्षकबाट रु.१० लाख, खेलकुद, उत्सव तथा महोत्सव शिर्षकबाट रु.१० लाख, एम्बुलेन्स खरिद शिर्षकबाट रु.१० लाख, घुम्ति शिविर सञ्चालनक कार्यक्रमबाट रु. १० लाख, गुरुयोजना तथा डिपिआर तयार शिर्षकबाट रकामान्तर गरेर र प्रदेश सरकारबाट प्राप्त हुने रु.१० लाख गरी रु.एक करोड २० लाखको कोष निर्माण गरिने भएको छ ।

यस्तै कार्यपालिका बैठकबाट सरकारले लाग ुगरेको लकडाउनको समयमा जिवनयापन गर्नको लागि कठि भइरहेका असंगठित श्रमिक, अति बिपन्न परिवार, अपांग, एकल महिला आदिको पहिचान गरी प्रति परिवार ३० के.जि चामल २ के.जि दाल, २ के.जि नुन, २ लिटर तेल, १ के.जि मसेउरा र २ वटा साबुन बितरण गर्ने निर्णय समेत भएको छ ।

राहत बितरणको लागि भने पालिकाले तयार गरेको इ–बिड सिस्टमबाट प्रतिस्पर्धात्मक रुपबाट खरिद गरिने छ ।

यससँगसँगै सरकारले बैशाख १५ गतेसम्मको लागि तय गरेको लकडाउनको पुर्ण पालन गर्न र गराउनको लागि पालिका भित्रका अत्यावश्यक तरकारी तथा खाद्यन्न पसलहरु बिहान ७ बजे देखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म मात्रै सञ्चालन गर्न दिने निर्णय समेत भएको पालिकाका प्रसासकिय अधिकृत मोहन प्रसाद निरौलाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button