तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नं २ : ६५९ को आरडिटी परीक्षण

जनकपुरधाम। प्रदेश नं २ मा ¥यापिड डायग्नोष्टिक टेस्ट (आरडिटी) माध्यमबाट ६५९ जनाको कोरोना परीक्षण सम्पन्न भएको छ । सोमध्ये ६५७ जनाको नेगेटिभ र दुई जनाको पोजेटिभ आएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ती दुई जनाको स्वाब परीक्षण गर्दा नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिनुभयो । यस प्रदेशको सप्तरीमा १६१, सिरहामा ५०, बारामा ४९, पर्सामा ४८, महोत्तरीमा ३३, सर्लाहीमा ५७, रौतहटमा सबैभन्दा बढी २०८ र धनुषामा १८ जनाको बिहीबार मध्याह्न १ बजेसम्ममा आरडिटी परीक्षण सम्पन्न भइसकेको सचिव घिमिरेले जानकारी दिनुसभयो ।

त्यस्तै यस प्रदेशमा ५३५ जनाको स्वाब परीक्षणका लागि सङ्कलन गरिएकामा ४५४ जना रिपोर्ट नेगेटिभ आएको छ भने ७७ जनाको रिपोर्ट आउन बाँकी छ । चार जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । ती चार जनाको सम्बन्धमा यसअघि नै सार्वजनिक भइसकेको छ । यसका साथै यस प्रदेशमा एक हजार १३७ क्वारेन्टाइनमा, एक हजार ५२५ होम क्वारेन्टाइनमा र १२ जना आइसोलेसनमा छन् ।

प्रदेश सरकारले वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताललाई विशेष कोरोना अस्पतालका रुपमा परिणत गरिएको छ । उक्त अस्पतालमा कोरोनाको सङ्क्रमितको मात्र उपचार हुनेछ भने नेशनल मेडिकल अस्पताल वीरगञ्जमा अन्य रोगबाट पीडितहरुको सरकारी अस्पतालको मापदण्डकै आधारमा उपचार व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button