तपाईँ सुन्दै हुनुहुन्छः

दोलखामा बिहिबारसम्म एक सय चार जनाको कोरोना परिक्षण, सबै नतिजा नेगेटिभ

दोलखा । दोलखा जिल्लामा बिहिबार ७७ जनाको र्यापिड डायग्नोस्टिक टेष्ट (आरडिटी) किटको माध्यमबाट कोरोना भाइरस (कोभिड–१९) परिक्षण गरिएकोमा सबैको नमूना नेगेटिभ आएको स्वाथ्य कार्यालय दोलखाले जनाएको छ ।

भारत लगायत तेस्रो मुलुकबाट आएको १४ दिन पुरा भएको तर २१ दिन नपुगेकाहरुको आरडिटी टेष्ट गरिएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले बताउनुभयो ।

बिहिबार आरडिटी परिक्षण गरिएकोमा दोलखाको कालिञ्चोक गाँउपालिका वडा नम्बर १ कालिञ्चोक बेगुम्पाका ३० जना, वडा नम्बर ६ लापिलाङका १५ जना, भीमेश्वर नगरपालिका वडा नम्बर १ सुष्पाक्षमावतीको एक जना, वडा नम्बर २ दोलखाको छ जना, वडा नम्बर ५ माटीको १२ जना, तामाकोसी गाँउपालिका वडा नम्बर ३ जफेको तीन जना र वडा नम्बर ४ मालुको नौ जना रहेको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख झाले बताउनुभयो ।

दोलखामा बुधवार २७ जनाको आरडिटी किटको परिक्षण र तीन जनाको स्वाव परिक्षणमा पनि सबैको नतिजा नेगेटिभ आएको थियोे ।

बुधवार भीमेश्वर नगरपालिकाका दुई जना र कालिञ्चोक गाँउपालिकाका २५ जनाको आरडिटी परिक्षण गरिएको थियो ।

त्यसैगरी काठमाडौँ पेप्सीकोलास्थित सनसिटी अर्पाटमेन्टमा बस्ने दोलखा तामाकोसी गाँउपालिकाका एक जना र उनीसँग सम्पर्कमा रहेका दुई जना गरी तीन जनाको किर्नेटार स्वास्थ्य केन्द्रमा स्वाव सङ्कलन गरी परिक्षणको लागि धुलिखेल अस्पताल पठाइएकोमा तीनै जनाको कोरोना भाईरस नतिजा नेगेटिभ आएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button