तपाईँ सुन्दै हुनुहुन्छः

एम्बुलेन्सहरुले निमोनियाका बिरामीलाई बोक्न मानेन्

मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकामा रहेको एम्बुलेन्सहरुले सिकिस्त निमोनिया भएको बिरामीलाई अस्पताल लैजान अस्वीकार गरेका छन्।

निमोनियाको कारण सिकिस्त बनेको इन्द्रावती गाउँपालिका वडा नम्बर ७ पोखरेको गणेश रोक्कालाई भिम्टारको एम्बुलेन्स चालकले अस्पताल लैजान अस्वीकार गरेको हो ।

गाउँपालिकाको तीन वटा एम्बुलेन्स मध्ये कुनै एम्बुलेन्सले पनि बिरामीलाई अस्पताल लैजान नमानेको भन्दै स्थानीयले आपत्ति जनाएका छन् ।

बिरामी रोक्काले क्यान्सरको कारण एउटा हात पनि गुमाइसकेका थिए।

एम्बुलेन्स चालकले बिरामीलाई अस्पताल लैजान नमानेको इन्द्रावती गाउँपालिका वडा नम्बर ७ का वडा सदस्य तिलक रोक्काले बताउनुभयो ।

उहाँका अनुसार गाउँपालिकाले तीन वटा एम्बुलेन्स चालकलाई नै आवश्यक स्वास्थ सामग्री उपलब्ध गराउदा समेत एम्बुलेन्स चालकले अवज्ञा गरि बिरामी लैजान नमानेको उहाँले बताउनुभयो।

इन्द्रावती गाउँपालिका प्रमुख बंशलाल तामाङले भिममटारको एम्बुलेन्सले नमानेको बडहरेको बनाउदै गरेको र नवलपुरबाट एम्बुलेन्स पठाएको बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button