दमौली अस्पताललाई रोटरीद्वारा पीपीई र मास्क सहयोग
तनहुँ । रोटरी क्लब अफ दमौलीले जिल्लाको दमौली अस्पताललाई कोरोनाबाट सुरक्षित रहनका लागि पीपीई र मेडिकल मास्क लगायतका सामग्री सहयोग गरेको छ ।
क्लबले बिहिबार दमौली अस्पताललाई पाँच थान पीपीई, एक सय २५ थान मेडिकल मास्क र दुई थान एन ९५ मास्क सहयोग गरेको क्लबका अध्यक्ष क्या सुर्जकुमार मल्लले बताउनुभयो ।
क्लबका अध्यक्ष मल्लसहित क्लबका पदाधिकारीले दमौली अस्पतालका अध्यक्ष प्रदिप अधिकारीलाई उक्त सामाग्री हस्तान्तरण गरेको क्लबका आगामी वर्षका अध्यक्ष दामोदर भण्डारीले जानकारी दिनुभयो ।
आफ्नो ज्यान समेत जोखिममा राखेर दिनरात खटिएका स्वास्थ्यकर्मीको सुरक्षालाई ध्यानमा राखेर ती सामाग्री सहयोग गरेको क्लबले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्