तपाईँ सुन्दै हुनुहुन्छः

हुलाकी सडक निमार्ण कार्य शुुरु

विराटनगर । राष्ट्रिय गौरवको आयोजनाको हुुलाकी सडक निमार्णको काम शुुरु भएको छ । कोरोना भाइरसका कारण मुुलुकमा लकडाउन घोषणा भएपछि सडकको काम रोकिएको थियो ।

स्थानीय मजदुुरलाई परिचालन गरी स्वास्थ्य चेकजाँचको व्यवस्थासहित सामाजिक दुुरि कायम गर्दै काम शुुरु गरिएको हुुलाकी सडक निमार्ण आयोजनाका इन्जिनियर माधव पौडेलले बताउनुुभयो ।

अहिले मोरङको रंगेली नगरपालिका तथा कटहरी गाउपालिकामा काम शुुरु भएको छ । वर्षा आउन लागेकाले पहिलो चरणमा अपुुरो रहेका कल्भर्ड र ड्रेन बनाउने काम शुुरु गरिएको इन्जिनियर पौडेलले बताउनुुभयो ।

स्थानीय प्रशासनको स्वीकृतीमा निमार्णस्थलमा थर्मल गनको प्रयोग गर्दै मजदुुरको स्वास्थ्य चेकजाँचका गर्नुका साथै मजदुुरलाई माक्स तथा पन्जा प्रयोग गर्न दिएर काममा खटाएको कालिका कन्ट्रक्सनका सञ्चालक उज्वल प्रसाइले बताउनुुभयो ।

बिराटनगर महानगरपालिकासहित, रंगेली, सुुनबर्सी तथा रतुुवामाई नगरपालिका र कटहरी, धनपालथान तथा झापाको गौरीगञ्ज गाउपालिकामा सडक निमार्ण कार्य बिस्तार हुुदँै छ ।

बिराटनगरदेखि झापाको भद्रपुुर जोडने ७१ किलोमिटर सडकको निमार्ण लागत चार अर्व ९३ करोड ७७ लाख रुपैया रहेको छ ।

सो आयोजना अन्र्तगत मोरङमा ४२ र झापामा २९ किलोमिटर सडक बिस्तार हुुदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button