तपाईँ सुन्दै हुनुहुन्छः

लकडाउन प्रभाव : झापामा एकका लागि एक अभियान सुरु

भद्रपुर, झापा । विश्वव्यापी महामारीकारुपमा फैलिएको प्राणघातक रोग कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन लम्बिँदै जाँदा हातमुख नै जोर्न समस्यामा परेकाहरुका लागि झापामा एकका लागि एक अभियान शुरु भएको छ ।

विश्व मजदूर दिवसको अवसरमा शुक्रबार अभियान शुरु भएको हो ।

झापाको अग्रणी सहकारी संस्था सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको अगुवाइमा शुरु गर्न गरिएको अभियानको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले विपन्न परिवारलाई कुपन वितरण गरेर अभियान शुभारम्भ गर्नुभयो ।

लकडाउनको अवधी लम्बिदै गएपछि विभिन्न वर्गका परिवारलाई खान सकट पर्दै आएकाले उनीहरुलाई राहत दिन अभियान शुरु गरिएको सहारा साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो ।
एकका लागि एक अभियानमा १७ भन्दा बढी संघ संस्थाले एक्यवद्धता जनाएका छन् ।

हालसम्ममा १२ सय परिवारका लागि राहत जुटिसकेको बताइएको छ । सो बापत १७ लाख रुपैया जम्मा भइसकेको र अरु ७ लाख सहयोगको बचन प्राप्त भएको छ ।

सहयोगी हातहरु बढ्दै जाने अभियानको संयोजक समेत रहनु भएका गिरीले विश्वास व्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button