तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुरमा ६ सय ५९ जनाको पिसिआर परीक्षण

उदयपुर । उदयपुरमा पिसिआर परिक्षणको दायरालाई फराकिलो बनाइएको छ । उदयपुरमा हालसम्म छ सय ५९ को पिसिआर परिक्षण गरिएको छ भने एक सय ४२ जनाको आरडिटि परिक्षण गरिएको जनाइएको छ ।

पिसिआर परिक्षण गरिएको मध्ये पाँच सय ३१ जनाको रिपोर्ट आइसकेको र त्यसमध्ये २८ जनामा कोरोना पोजेटिभ देखिएको थियो भने बाँकीमा नेगेटिभ देखिएको उदयपुरका प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले बताउनुभयो ।

उहाँका अनुसार चौदण्डिगढी नगरपालिका ५ सिवाईका ५८, त्रियुगा नगरपालिका २ मोथियाईका २० र त्रियुगा नगरपालिका ३ भुल्के लगायत आसापासका क्षेत्रका नागरिकहरुमा गरी ६ सय ५९ मा पिसिआर परिक्षण गरिएको थियो ।

पिसिआर परिक्षणलाई प्रभावकारी बनाउन जिल्लाका सबै स्थानीय तहहरुमा स्वास्थ्य सामाग्रीसहित टोली परिचालन गरिएको छ ।

त्यसैगरी बिभिन्न ठाउँहरुमा रहेको क्वारेन्टाइनबाट ८८ जना घर फर्कीसकेका छन् भने दुई सय ७८ जना क्वारेनटाइनमा रहेको समेत प्रजिअ पहाडीले बताउनुभयो ।

त्यस्तै स्थानीयले पिसिआर परिक्षणको दायरा नबढेको गुनासो गरेका छन् । त्रियुगा नगरपालिकाको भुल्के क्षेत्रमा २८ जना कोरोना संक्रमित भेटिपछि स्थानीयहरु त्रसित बनेका छन् । त्रसित बनेका उनिहरुले सबैको पिसिआर परिक्षण गरिदिन स्थानीय सरकारसँग माग गर्दै आएका छन् ।

यस बिषयमा त्रियुगा नगरपालिका नगर प्रमुख बलदेब चौधरीले स्थानीय तहले पनि प्रदेश र संघिय सरकासँग स्थानीयहरुको माग र स्थानीय आवश्यक्ताको आधारमा पहल गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button