तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँको सामुदायिक वनमा युवकको शव फेला

तनहुँ । तनहुँको भानु नगरपालिकास्थित एक सामुदायिक वनमा एक युवकको शव फेला परेको छ ।

आइतबार भान–४ स्थित जामुनेस्वारा खलातेडाडा सामुदायिक वनमा स्थानिय ३५ वर्षीय रोशन रसाइलीको शव फेला परेको प्रहरीले जनाएको छ ।

आइतबार बिहानै घरबाट निस्केका रसाइली लौडारी गाउँ र बोहोरा गाउँ जाने दोबाटोको सालको रुखमुनि मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय नारेश्वटारले जनाएको छ ।

शव पोस्टमार्टमका लागि दमौली अस्पतालमा ल्याइएको प्रहरीले जानकारी दिएको छ । पोस्टमार्टमपछि नै के कारणले मृत्यु भएको थाहा हुने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button