तपाईँ सुन्दै हुनुहुन्छः

जोखिम मोलेर चेक जाँचमा सक्रिय नेपाल प्रहरी

सल्यान । कोरोना भाइरस संक्रमणबाट बच्न प्रयोग गरिने स्रोत साधनको अभावकाबीच सल्यानमा प्रहरीले नियमित काम गरिरहेको छन् । बन्दाबन्दीको घोषणा भएपनि प्रहरीले नियमति गस्ती, पेट्रोलिङ्ग, चेकजाँच गरिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख ढकेन्द्र खतिवडाले सुरक्षाको स्रोत साधनको अभावमा जोखिम मोलेर काम गरिरहेको बताउनुभयो ।

उहाँका अनुसार चेकजाँचका क्रममा खटिने प्रहरीलाई मास्कको प्रयोग अनिवार्य गरिएको भएपनि सर्जिकल मास्क नहुँदा जोखिम रहेको छ । उहाँले भन्नुभयो चेकजाँचका क्रममा अनुमतिपत्र, कागजात हेर्दा ग्लोव आवश्यक हो तर छैन् । यसमा सेनेटाइजरको प्रयोग गर्न भनिएको छ ।

प्रहरीलाई आवश्यक पर्ने सेनेटाइजर, ग्लब्स, सर्जिकल मास्कको अभाव रहेको उहाँको भनाई छ । यी सुरक्षाका समाग्री बिना काम गर्नु परेको प्रहरीको भनाई छ ।

जिल्ला भर तीन सय ३६ जना सुरक्षाकर्मी कार्यरत रहेका छन् । उनिहरुलाई ब्यारेक भित्र सुत्दा र अन्य क्रियाकलापमा सहभागी हुँदा एक मिटरको दुरीमा रहेर कार्य गर्ने ब्यवस्था मिलाइएको छ ।

यस्तै गस्तीमा जाँदा एक मिटरको दुरी कायम गरी गर्ने गरिएको प्रहरी प्रमुख खतिवडाले बताउनुभयो ।

कार्यालय परिसमा प्रवेश गर्दा प्रवेशद्धारमा राखिएको सरफ पानीमा जुत्ताको तला २० सेकेन्डसम्म भिजाएर मात्र प्रवेश गर्ने गरिएको छ ।

गस्तीमा प्रयोग गरिने गाडी र मोटरसाइकल प्रयोग गरी सकेपछि सरफपानीले धुने गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button