तपाईँ सुन्दै हुनुहुन्छः

किसानलाई जौ र गहुँ टिप्न चटारो

रारा – कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहदा यहाँका किसान खेतबारीमा जौ र गहुँ काट्न व्यस्त छन् ।

कात्तिकमा छरेको जौ वैशाखको दोस्रो सातासम्म अघिल्ला वर्षमा किसानले भित्र्याइसकेका हुन्थे । यो वर्ष गत चैत ११ गतेदेखि कोरोना भाइरसको जोखिम हुन नदिन जारी लकडाउनका कारण वैशाख तेस्रो सातासम्म ती बाली भित्र्याउन चहलपहल थिएन । पुनः लकडाउन थप भएपछि यसको प्रवाह नगरी बाली भित्राउन लागेका हुन् ।

छायाँनाथ रारा नगरपालिका–४ का किसान ठेकबहादुर रोकायाले जौ खेतमै रहनुभन्दा हरियो भए पनि काट्न थालेको जानकारी दिनुभयो ।

अघिल्ला वर्षहरुमा वैशाख महिनाको दोस्रो सातामै जौ काटिसकेर यतिबेलासम्म खेतमा धान र कोदोको बेर्ना तयारी भइसक्ने वडा नं १ का स् गोविन्द्र मल्ल बताउनुहुन्छ ।

लगातारको वर्षाले जौ, गहुँ पाक्न पाएको छैन काँचो भए पनि पशु चौपाया भौकै मर्ने भएकाले घाँसका लागि र बर्खेबाली लगाउन जौ, गहुँ काट्न शुरु गरेको अर्का किसान प्रकाश रोकायाले जानकारी दिनुभयो ।

कृषि कार्यालय मुगुका प्रमुख केवी रोकायाले दिएको जानकारीअनुसार यो वर्ष अहिलेसम्म चिसो भएका कारण समयमै पाक्ने हिउँदेबाली जौ अहिलेसम्म राम्रोसँग पाकेको छैन ।

जौ काटेर खेतमा कोदो र धानको बेर्ना राख्ने समय भएकाले साथै पशु चौपायालाई खुवाउने घाँसको अभावका कारण पनि किसानले हरियो जौ भित्र्याउन थालेका हुन् ।

अघिल्ला वर्षहरु भन्दा यो वर्ष जौ राम्रो फलेको थियो । बर्खेबाली र पशु चौपायाका लागि हरियो जौ भए पनि काट्न थालेको कार्यालय प्रमुख रोकायाले बताउनुभयो ।

जिल्लाका उच्च स्थानमा रहेका बस्तीका खेतगरामा वर्षको एकबाली मात्र उत्पादन हुने भएकाले ती क्षेत्रका स्थानीयवासीले लगाएको जौ, गहुँ भदौ, असोजमा मात्र पाक्ने भएकाले सोही समयमा घर भित्र्याउने गर्छन् तर बेँसीमा ९औल० रहेका बस्तीमा वर्षभरि दुई बाली उत्पादन हुने भएकाले यो समयमा बर्खे बाली कोदो, धान, पाखेधान, मकै लगाउन किसान हिउँदमा लगाएको जौ, गहुँ नपाके पनि घर भित्र्याउन थालेकाहुन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button