तपाईँ सुन्दै हुनुहुन्छः

कोसी अस्पतालमा उपचाररत आठ जना कोरोना सङ्क्रमित डिस्चार्ज

बिराटनगर । बिराटनगरको कारोना विशेष कोशी अस्पतालमा उपचार गराइरहेका एक महिलासहित आठ जना कोरोना संक्रमित निको भएर आज डिस्चार्ज भएका छन ।

उदयपुुरको त्रियोगा नगरपालिका– ३ स्थित भुुल्केमा परिक्षणको क्रममा कोरोना संक्रमित देखिएका उनिहरुलाई बैशाख ८ र ९ गते सो अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।

कोरोना संक्रमित भएर निको हुुनेमा २० वर्षका आजाद आलम १८ वर्षका इमरान अहमद, १८ वर्षकै परवेज आलम, ५५ वर्षका रोशन खातुुन,६० वर्षका इजारयल मिया, ४१ वर्षका मोक्तान मिया , ७२ वर्षका आयनो मिया र भारत घर भएका २४ वर्षका मोहमद आदिल रहेको कोशी अस्पतालका मेडिकल सुुपरिटेन्डेन डा.संगीता मिश्राले बताउनुुभयो ।

दुुई पटक स्वाव परिक्षण गर्दा रिर्पोट नेगेटिभ आएकाले उनीहरुलाई डिस्चार्ज गरिएको डा. मिश्राले बताउनुुभयो ।
उनीहरुमध्ये बिराटनगरको रानीस्थित मस्जिदमा बनाइएको क्वारेन्टाइनमा सात जनालाई र एक जना महिलालाई उदयपुुरस्थित क्वारेन्टाइनमा १४ दिनसम्म राख्ने व्यवस्था मिलाइएको प्रदेश न १ का समाजिक विकास मन्त्री जिवन घिमिरेले बताउनुुभयो ।

मन्त्री घिमिरेले क्वारेन्टाइनमा १४ दिनसम्म राखेर उनीहरुको स्वाव परिक्षण गरेपछि अवस्था हेरर उनिहरुलाई घर जान दिइने बताउनुुभयो ।

सो अस्पतालमा ३१ जनाको उपचार भइरहेकोमा गत वुुधवार ६ जना डिस्चार्ज भइसकेका छन । अहिले सो अस्पतालमा १७ जना संक्रमितको उपचार भइरहेको र सबैको अवस्था समान्य रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button