तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते

सल्यान । सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका १ आपखोली नजिकै मोटरसाइकल दुर्घटना भएको हो ।

सल्लीबजारबाट जाजरकोट जाँदै गरेको नयाँ अनटेष्ट २२० मोटरसाइकल गए राती दुर्घटना हुँदा जाजरकोट नलगाड नगरपालिका ४ का २८ वर्षिय मन बहादुर ओली र नेपालगञ्ज उपमहानगरपालिका २० का २५ वर्षिय निम बहादुर पुन घाइते भएका छन ।

लकडाउनको अवधिमा अनमुत विना नै मोटरसाइकल प्रयोग भएको पाइएको इलाका प्रहरी कार्यालय सल्लीबजारले जनाएको छ ।

घाइतेको सल्लीबजारमा जनबन्धु पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button