तपाईँ सुन्दै हुनुहुन्छः

लकडाउनको अवधिमा १६ हजार बढी सल्यान भित्रिए

सल्यान । कोरोना भाइरस(कोभिड–१९)को सक्रंमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको अवधिमा सल्यानमा १६ हजार बढी सर्वसाधारण भित्रिएका छन् ।

चैत १ गतेदेखि हालसम्म १६ हजार ६८ जना सल्यान भित्रिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।रोजगारी, अध्ययन तथा श्रमका लागि भारत, तेस्रो मुलुक र अन्तरजिल्लाबाट आएकाहरु रहेका छन् ।

सल्यानका स्थानीय तहहरु, मन्त्री र सांसदहरुको समन्वयमा लामो समयको लकडाउनका कारण विभिन्न जिल्लामा अलपत्र परेका नागरिकहरुको उद्दार गरी जिल्लामा भित्र्याइएको थियो ।

चैत १ गतेदेखि १२ हजार सात सय ८१ जना पुरुष र तीन हजार दुई सय ८७ जना जिल्ला भित्रिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताउनुभयो ।

उनीहरु स्थानीय तहको समन्वयमा क्वारेनटाइन तथा होम क्वारेनटाइनमा बसिरहेको उहाँको भनाई छ । भारत तथा तेस्रो मुलुकबाट भन्दा अन्तरजिल्लाबाट आउनेहरुको सङ्ख्या धेरै रहेको छ ।

रोजगारीका लागि विभिन्न जिल्लामा पुगेका उनीहरु लकडाउनका कारण काम बन्द भएपछि सर्वसाधारण घर फर्किएका हुन् ।

कर्णाली प्रदेशले पूर्णरुपमा लकडाउनको घोषणा गरेपछि भने कोही पनि सल्यान नभित्रिएको प्रहरी प्रमुख खतिवडाको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button