तपाईँ सुन्दै हुनुहुन्छः

लकडाउन प्रभाव : कचनकवल गाउँपालिकाद्वारा पाँच हजार दुई सय ९१ परिवारलाई राहत वितरण

भद्रपुर, झापा । झापाको सुदूर दक्षिणी कचनकवल गाउँपालिकाले पाँच हजार दुई सय ९१ परिवारलाई राहत वितरण गरेको छ ।

विश्वव्यापी महामारी प्राणघातक कोरोना भाइरस (कोभिड–१९) रोकथामतथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण खानेकुराकै समस्यामा परेका परिवारलाई पारदर्शी ढंगले एकद्वार प्रणालीमार्फत राहत वितरण गरिएको गाउँपालिका अध्यक्ष अञ्जरा आलमले बताउनुभयो ।

राहतवितरण गरिएको संख्याकूल घरधूरीको ५८ प्रतिशतभन्दा बढी हो । पालिकामा ९००१ घरधुरी रहेका छन् ।

प्रतिपरिवार १० केजी चामल, एक केजी दाल, एक लिटर खाने तेल, एक केजी नून र एक थान नुहाउने साबुन वितरण गरिएको थियो । राहत वितरणलगायतका कार्यमा ४४ लाख १२ हजार ६९४ रुपैयाँखर्च भइसकेको योजना शाखा प्रमुख केशव मैनालीले जानकारी दिनुभयो ।

विश्वव्यापी कोरोना महामारीलाई मध्यनजर गर्दै गाउँपालिकाले ४४ लाख र प्रदेश नं १ सरकारले ५ लाख रुपैयाँप्रकोप व्यवस्थापन कोषमा जम्मा गरेकोमा स्थानीय विभिन्न सामाजिक तथा वित्तीय संघ संस्था र दाता समाजसेवीहरुले पनि कोषमा राहत रकमजम्मा गरेका छन् । अहिले कोषमा ३१ लाखभन्दा बढी रकमजम्मा रहेको लेखा अधिकृत मनमोहन सिग्देलले जानकारी दिनुभयो ।

आफ्नो आन्तरिक स्रोत न्यून रहेको र प्रायः सबै वडा भारतसँगको खुलासिमाना रहेको कचनकवलले कोरोना संक्रमण भित्रन नदिन र यसको रोकथाम र नियन्त्रणका लागि सबैखाले तयारी गरेको स्वास्थ्य शाखा प्रमुख जागेश्वर प्रसाद यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार वार्ड नं ३ को पथरिया माविमा ३० बेडको क्वारेन्टाइन स्थापना गरिएको छ भने लकडाउन अघि वा पछि विदेश तथा भारतबाट आएका २२ जनाको आरडीटी र १० जनाको पीसीआर विधिबाट परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । सीमा क्षेत्रका स्वास्थ्यचौकीमाकोरोना हेल्थ डेस्क राखिएको छ

प्रतिक्रिया राख्नुहोस्

Back to top button