तपाईँ सुन्दै हुनुहुन्छः

दमकमा खानेपानीको दुई महिनाको महसुलमा २० प्रतिशत छुट

झापा । दमकका खानेपानी उपभोक्ताहरुले दुई महिनाको पानीको महसुलमा २० प्रतिशत छुट पाउने भएका छन् ।

दमक खानेपानी तथा सरसफाई उपभोक्त संस्थाको आज बसेको बोर्ड बैठकले गत चैत्र र बैशाख दुई महिनाको खानेपानीको महसुलमा २० प्रतिशत छुट दिने निर्णय गरिएको अध्यक्ष रोशनकुमार गौतमले जानकारी दिनुभयो ।

उहाँले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण उपभोक्ताहरु समेत प्रत्यक्ष प्रभावित भएको भन्दै उपभोक्तालाई राहत दिन उक्त योजना ल्याइएको बताउनुभयो ।

त्यसैगरी जारी बन्दाबन्दी अवधिको महशुल खुलेपछि मात्रै बुझाएमा पनि हर्जना नलाग्ने निर्णय समेत गरिएको उहाँले बताउनुभयो ।

खानेपानी बोर्डको यो निर्णयले दमक नगरभित्रका ११ हजार भन्दा धेरै उपभोक्ता लाभान्वित हुनेछन् ।

त्यसैगरी यो बन्दाबन्दीको अवधिमा पनि उपभोक्ता स्वस्थ पानी पिउनबाट बञ्चित हुन नदिनै खानेपानीमा कुनै समस्या आए तत्काल समाधान गर्ने गरी व्यवस्था मिलाइएको खानेपानी कार्यालयका व्यवस्थापक कृष्ण थापाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button