तपाईँ सुन्दै हुनुहुन्छः

ताप्लेजुङ हालसम्म चार सय ४१ जनाको स्वास्थ्य परीक्षण, सबैको रिर्पोट नेगेटिभ

ताप्लेजुङ । कोरोना भाइरस आशंकामा ताप्लेजुङका बिभिन्न स्थानीय तहहरुमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट चार सय ४१ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको छ ।

एक नगरपालिका र आठ गाउँपालिका रहको ताप्लेजुङमा चैत महिनायता बिभिन्न स्थानबाट जिल्ला भित्रिएकाहरुको आरडीटी परिक्षण गरिएको थियो ।

हालसम्म चार सय ४१ जनाको आरडीटी र १५ जनाको स्वाब परीक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय ताप्लेजुङ निमित प्रमुख राजकुमार पोख्रेलले जानकारी दिनुभयो ।

आरडीटी परीक्षण गरिएका मध्ये तीन सय सात जना पुरुष र एक सय ३४ जना महिला रहेका छन ।

स्वास्थ्य कार्यालयका अनुसार फुङ्लिङ नगरपालिकामा एक सय ११ जनाको आरडीटी परीक्षण गरिएको छ ।

यस्तै फक्ताङ्लुङ गाउँपालिकामा ८३ जना, पाथीभरा याङ्वरक गाउँपालिकामा ७९ जना, आठराई त्रिबेणीमा ६७ जना, सिदिङ्वा गाउँपालिकामा ४७ जनाको आरडीटी परीक्षण गरिएको छ ।

मिक्वाखोला गाउँपालिकामा २३ जना, मेरिङ्देनमा २१ जना, सिरिजङ्घा गाउँपालिकामा आठ जना र मैवाखोला गाउँपालिकामा दुई जनाको परीक्षण गरिएको प्रमुख पोख्रेलले जानकारी दिनुभयो ।

सबैभन्दा कम मैवाखोलामा दुईजनाको मात्र परिक्षणका गरिएको हो ।परिक्षणमा १० महिनाको बच्चादेखि ७० वर्षका जेष्ठ उमेर सम्मका नागरिकको आरडीटी परिक्षण गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button