तपाईँ सुन्दै हुनुहुन्छः

ट्रक र बस एक आपसमा ठोक्किँदा कम्तीमा आठ जनाको मृत्यु

गुना ,मध्य प्रदेश-  भारतको उत्तर प्रदेश राज्यमा बिहीबार बिहान एक यात्रु बस र ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ । मृत्यु भएका ती व्यक्तिहरु आप्रवासी मजदुर भएका जनाइएको छ ।

स्थानीय समयानुसार बिहीबार बिहान ३ बजे भएको यस घटनामा अन्य ५० जना घाइते भएका बताइएको छ । गुनाको क्यान्ट पिसको एक क्षेत्रमा भएको यस घटनामा घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरेहको छ ।

यस घटनामा ज्यान गुमाएकाहरु महाराष्ट्रबाट उत्तर प्रदेशको आफ्नै जन्म स्थानमा जाँदै गरेका जनाइएको छ । यसका घटनाको अनुसन्धान भइरहेको बताइएको छ ।रासस/एएनआइ

प्रतिक्रिया राख्नुहोस्

Back to top button