तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाभाइरस अन्त्य नहुन सक्छ – विश्व स्वास्थ्य सङ्गठन

काठमाडौँ। विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरस कहिल्यै अन्त्य नहुन सक्ने चेतावनी दिएको छ । उसले खोपको विकास भएको अवस्थामा पनि भाइरस नियन्त्रण गर्न ठूलो प्रयास हुनुपर्ने जनाएको छ ।
सञ्चारकर्मीहरूसँग बुधबार कुराकानी गर्नुहुँदै विश्व स्वास्थ्य सङ्गठनका सङ्कटकालीन निर्देशक डा. माइक रयानले भाइरसको अन्त्य कहिले हुने सम्बन्धी अनुमानबारे बोल्नुहुँदै यस्तो चेतावनी दिनुभएको हो । कोरोना भाइरसको कारण विश्वभरि करिब तीन लाख व्यक्तिको मृत्यु भइसकेको छ, ४३ लाख व्यक्ति सङ्क्रमित छन् ।
डा. रयानले भन्नुभयो, “हाम्रो समुदायमा यो भाइरस अर्को अन्त्य हुन नसक्ने प्रकोप बन्न सक्छ र कहिल्यै अन्त्य हुन नसक्ने यसै टेबुलबाट खुलाउन महत्वपूर्ण हुन जान्छ ।” उहाँले एचआइभीको सङ्क्रमणसँग कोरोना भाइरसको तुलना गर्नुभयो । डा. रयानले भाइरसको अन्त्यलाई लिएर कसैले पनि अनुमान लगाउन नसक्ने प्रष्ट्याउनुभयो ।
विश्वभरि हाल करिब एकसय सम्भावित खोपको विकासबारे अनुसन्धान भइरहेको छ । उहाँले दादुराको खोप आएपनि हालसम्म उन्मूलन हुन नसकेको उदाहरण दिनुभयो । तर विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रस अदनोम गेब्रेससले सामूहिक प्रयासले कोरोनाभाइरसको सङ्क्रमणलाई नियन्त्रण गर्नसकिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button