तपाईँ सुन्दै हुनुहुन्छः

सहकारीमार्फत घर घरमा खाद्यान्न

सल्यान । सल्यानको दार्मा गाउँपालिकाले सहकारीमार्फत सहुलियत दरमा घर घरमै खाद्यन्न पुर्याएको छ ।

गाउँपालिकाका चार वटा सहकारीमार्फत छ वटा वडाका एक हजार नौ सय २७ घरधुरीमा सात सय ३२ क्विन्टल खाद्यन्न उपलब्ध गराएको छ ।

गाउँपालिकाले सहकारीमार्फत खाद्यन्न वितरण गर्दा सस्तो मुल्यमा उपभोक्ताकै घर घरमा पुगेको छ ।

सहकारीलाई खरिद मुल्यमा तीन प्रतिशत मात्रै नाफा लिएर उपभोक्ताकै घर घरमा पुर्याउने सहमतीमा खरिद बिक्रीको अनुमति दिएको दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले बताउनुभयो ।

सहकारीबाट खाद्यन्न किन्न नगद नहुनेले भत्ता कार्ड धितो, सहकारी सदस्यले बचत धितो राखेर खाद्यन्न लिन सक्ने व्यवस्था मिलाइएको अध्यक्ष केसीले बताउनुभयो ।

अहिले १६ टन चामल लगायतका खाद्य सामाग्री मौज्जाद रहेको उहाँको भनाई छ ।

दार्मा गाउँपालिकामा तीन हजार छ सय ३९ घरधुरी र २० हजार एक सय ६२ जनसङ्ख्या रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button