तपाईँ सुन्दै हुनुहुन्छः

साँफेबगरमा कोरोनाका कोषको ६९ लाखमध्ये ३९ लाख खर्च

अछाम । अछामको साँफेबगर नगरकार्यपालिकाले कोरोना रोकथामका लागि गरिएका कामको समीक्षा गरेको छ ।

नगर प्रमुख कुलबहादुर कुँवरको अध्यक्षतामा भएको बैठकले कोरोना भाइरस रोकथाम तथा न्युनिकरणको लागि अहिलेसम्म भइरहेका कामहरुको समिक्षा गरेको हो ।

लकडाउन बढ्दै गएपछि तेस्रो चरणका राहत वितरण गर्ने विषयमा छलफल भएको नगरपालिकाका प्रवक्ता बालगिरी कुँवरले जानकारी दिनुभयो ।

केन्द्र सरकारको निर्णय अनुसार तेस्रो चरणमा राहत वितरण गर्दा सामाजिक दुरी कायम गरेर विभिन्न कामहरु गर्न लगाउने निर्णय भएको छ । अब काम गर्ने व्यक्तिलाई मात्रै राहत वितरण गरिने प्रवक्ता कुँवरको भनाई रहेको छ ।

यस्तै जेठ १ गतेबाट सामाजिक दूरी कायम गरेर जोर र बिजोरका आधारमा वडालाई सम्पन्न कामको भुक्तानी दिने, सम्पन्न हुन बाँकी रहेका अधुरा रहेका योजनाहरुलाई पुरा गर्ने निर्णय पनि भएको प्रवक्ता कुँवरको भनाई रहेको छ ।

यस्तै कोरोना राहत कोषमा जम्मा भएको ६९ लाखमध्ये ३९ लाख रुपैयाँ खर्च भएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि केन्द्र सरकारबाट आएको रकमलाई पनि १४ वटै वडामा बाँडफाँड गरिएको प्रवक्ता कुँवरको भनाई रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button