तपाईँ सुन्दै हुनुहुन्छः

बर्दियाकी कोरोना सङ्क्रमित बालिकाको सम्पर्कमा आएका ४४ जनाको पिसिआर रिर्पोट नेगेटिभ

टीकापुर कैलाली । कैलालीबाट बर्दिया गएकी बालिकामा कोरोना पुष्टि भएपछि बालिकाको सम्पर्कमा आएका व्यक्तिहरुको स्वाव संकलन गरी परिक्षण गर्ने क्रम जारी रहेको छ ।

बर्दियामा बालिकाको सम्पर्कमा आएका ३९ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको राजापुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष रामबहादुर चौधरीले जानकारी दिनुभयो ।

यस्तै भजनी नगरपालिकाका–५ जनाको पिसिआर रिर्पोट पनि नेगेटिभ आएको भजनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृतिसिंह बिकले जानकारी दिनुभयो ।

अन्य २५ जनाको रिर्पोट भने आउँन बाकी रहेको प्रमुख बिकले बताउनुभयो ।

गोदावरी नगरपालिका वडा नम्बर ८ मझगाउका एक सय ३४ जनाको भने रिर्पोट आउन बाकी रहेको गोदावरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख विर बहादुर कँुवरले जानकारी दिनुभयो ।

सङ्क्रमित बालिकाको सम्पर्कमा आएका कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ मझगाउका एक सय ३४, भजनी नगरपालिकाका ३० र बर्दियाको राजापुर नगरपालिकाका ३९ गरी दुई सय ३ जनाको स्वाव संकलन गरी परिक्षणका लागि धनगढी र नेपालगंजका प्रयोगशालामा पठाइएको छ ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ मजगाउबाट भजनी हँुदै बर्दिया पुगेकी ११ बर्षिय बालिकामा सोमबार कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button