तपाईँ सुन्दै हुनुहुन्छः

दक्षिण एसियामा कोरोना संक्रमण बढ्दै,निको हुनेपनि बढे

काठमाडौ । दक्षिण एसियाली मुलुकमा कोरोनाको संक्रमण बढ्दै गर्दा उपचार पछि निको हुनेको संख्या पनि बढ्दो छ । यस क्षेत्रमा भारत सबैभन्दा बढी प्रभावित भएको छ । हालसम्म भारतमा झन्डै ८२ हजार मानिस कोरानाबाट संक्रमित भएका छन् भने २ हजार ६ सय ४९ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् । भारतमा झन्डै २८ हजार मानिस उपचारपछि निको भएका छन् ।

यसैगरी, पाकिस्तानमा संक्रमतिको संख्या ३५ हजार ७ सय ८८ पुग्दा ७ सय ७० जनाले ज्यान गुमाएका छन् । उपचारपछि पाकिस्तानमा झन्डै ९ हजार ७ मानिस निको भएका छन् ।

बंगलादेशमा १८ हजार ८ सय ८६ जनामा कोराना संक्रमण पुष्टि भएको छ भने संक्रमणबाट २ सय ८३ जनाले ज्यान गुमाउदा ३ हजार ३ सय ६१ उपचारपछि निको भएका छन् ।

अफगानिस्तानमा ५ हजार ६ सय ३९ जना मानिस संक्रमित भएछन् । संक्रमणबाट १ सय ३६ जनाले ज्यान गुमाउदा उपचार पछि निको हुनेको संख्या अफगानिस्तानमा ६ सय ९१ पुगेको छ ।

माल्दिभ्समा ९ सय ८२ जनामा कोरोना पुष्टि हुदा ४ जनाको मृत्यु भएको छ भने उपचारपछि ४५ जना निको भएका छन् । श्रीलंकामा ९ सय २५ जनामा कोरोना संक्रमण देखिदा ९ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् भने ४ सय ४५ जना उपचारपछि निको भएका छन् । दक्षिण एसियामा उपाचारपछि निको हुने दर श्रीलंकामा सबैभन्दा राम्रो छ ।

यसैबीच, हालै भुटानमा ८ जनामा कोराना पुष्टि भएसँगै संक्रमितको संख्या १९ पुगेको छ । उपचरापछि ४ जना निको भएका छन् भने संक्रमणबाट भुटानमा कसैले ज्यान गुमाएको छैन ।

दक्षिण एसियामा कोरोना संक्रमणबाट नेपाल र भुटानमा हालसम्म कसैले ज्यान गुमाएका छैनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button