तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना अपडेट : विश्वभर मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो, ९५ हजार नयाँ संक्रमित

एजेन्सी ।कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ३ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४५ लाख २१ हजार नाघेको छ ।

वल्डोमिटर्सको अनुसार नेपाली समयानुसार शुक्रबार बिहानसम्म विश्वभर २४ घण्टाको अवधिमा विश्वभर ९५ हजार ६०५ जना नयाँ संक्रमित भेटिएका छन् । विगत २४ घण्टाको अवधिमा ५ हजार ३ सय ६ जनाको ज्यान गएको छ ।

प्राप्त समाचार अनुसार विश्वभर करिब ४५ हजार बढीको मानिसको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २५ लाख १६ हजारको स्वास्थ्य अवस्था सामान्य छ । उपचारपछि घर फर्कनेको संख्या १७ लाख बढी रहेको छ ।

युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३३ हजार ६१४ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।

संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ७०४ जनाको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ८६ हजार ९०१ पुगेको छ ।

कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा पनि मृत्युदर घट्दो क्रममा छ । विगत २४ घण्टाको अवधिमा इटालीमा २६२, स्पेनमा २१७ र फ्रान्समा ३५१ जनाको ज्यान गएको छ ।

दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा १३ हजार ९९३ जनाको मृत्यु भइसकेको छ । विगत २४ घण्टामा ब्राजिलमा ८३५ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button