तपाईँ सुन्दै हुनुहुन्छः

सल्यान अस्पतालः बन्दाबन्दीमा पनि सहज उपचार

सल्यान । बागचौर नगरपालिका २ कि १२ वर्षिया रस्मिता पुरीको काफल खान जाँदा रुखबाट लडेर हात भाँचियो । कोरोना भाइरसका कारण अस्पतालबाट सेवा प्राप्त हुन्छ हुदैन रस्मिताका अभिभावकलाई चिन्ता थियो । जब उहाँलाई एम्बुलेन्समा राखेर सल्यान अस्पतालमा ल्याइयो र उपचार गर्न थालियो उहाँको चिन्ता हरायो ।

रोल्पा गंगादेव गाउँपालिका ५की गिता केसीलाई कोभिड–१९ का कारण अस्पतालबाट प्रसुती सेवा कसरी प्राप्त गर्ने होला भन्ने चिन्ता लागेको थियो । केसीले धेरै सञ्चार माध्यमा यतिबेला अस्पतालहरुमा बिरामीले उपचार नपाउने गरेको गुनासो सन्नुभएको थियो । देशमा कोरोना संक्रमण बढेपछि त्यस बाहेका अरु बिरामीको उपचार हुदैन भन्ने उहाँलाई लागेको थियो ।

अर्को तर्फ सुत्केरी हुने समय आएकाले अस्पतालसम्म कसरी पुग्ने भन्ने त्रास पनि थियो । अस्पताल पुगेपछि पनि कोरोनाको त्रास बढिरहेको अवस्थामा चिकित्सक तथा नर्सले आफुलाई राम्रोसँग हेरचाह गर्नु होला भन्ने अझै लागेको थिएन । उहाँले भन्नुभयो, ‘अस्पतालको प्रसुती विभागमा पुग्ने बित्तिकै स्वास्थ्यकर्मी र प्रसुती विशेशज्ञ चिकित्सकले गरेको व्यवहार र निगरानीले मनको दुविधा हट्यो ।’

कोरोरना भाइरसको जोखिम रोकथाम गर्न जारी बन्दाबन्दीमा पनि सल्यान जिल्ला अस्पतालले सहज उपचार दिदै आइरहेको छ ।

सल्यान अस्पताल अहिले सहज र भरपर्दो उपचारको केन्द्र बन्दै गएको छ । शल्यक्रिया तथा अन्य आकस्मिक सेवाका लागि अन्य ठाउँमा उपचार गराई रहेका समेत कोरोना भाइरसको रोकथामका लागि सरकारले गरेको बन्दाबन्दीमा नजिकको अस्पतालमा धाउन थालेका छन् ।

सल्यान जिल्ला अस्पतालका डा.प्रदिप शर्माका अनुसार लकडाउन भए पनि अस्पतालमा विरामीहरुको भिडभाड उत्तिकै छ । शल्यक्रिया, गर्भवति महिला प्रसुती लिन आउने, दमलगायतका अनेक किसिमका विरामीहरु आउने गर्दछन् ।

लकडाउन यता अहिलेसम्म पाँच वटा हड्डी टुटेका शल्यक्रिया र १३ वटा सुत्केरीका सिजरियन भएको डा. शर्माको भनाई छ । उहाँले भन्नुभयो लकडाउनमा उपचारका लागि अन्य जिल्ला जानु पर्ने बाध्यता र अनावश्यक खर्च हुनबाट बचाई थोरै खर्चमा शल्यक्रिया लगायतका सेवाहरु प्रदान गर्दै आइरहेका छौं ।

रुकुम जिल्लामा अहिले शल्यक्रिया सेवा नभएकाले त्यहाँबाट गर्भवती महिला र अन्य बिरामीहरु पनि सेवा लिन सल्यान जिल्ला अस्पतालमा आउने गरेको उहाँको भनाई छ ।

सल्यान जिल्ला अस्पतालका अनुसार लकडाउन यता एक सय ६७ जना गर्भवति महिला अस्पतालमा आएर सुत्केरी भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button