तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा पहिलोपटक कोरोना भाइरसबाट एक सुत्केरी महिलाको मृत्यु

काठमाडौं – नेपालमा पहिलोपटक कोरोनाभाइरसबाट एक सुत्केरी महिलाको मृत्यु भएको छ।

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका, राम्चे घर भएकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै पुष्टि गरेको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा समेत पीसीआर रिपोर्ट पोजेटिभ आएपछि कोरोनाबाट नेपालमा पहिलो व्यक्तिको निधन भएको छ । उनको पशुपति आर्यघाटमा विद्युतिय शवदाहबाट अन्तिम संस्कार गरिँदै छ ।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका, राम्चे निवासी ति महिला बैशाख २४ गते काठमाडौंको शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो ।

२५ गते घर फर्किएपछि ज्वरो स्वास फेर्न समस्या भएर स्थानीय स्वास्थ्य संस्थामा जाँच गरिएको थियो तर निको नभएको तथा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि धुलिखेल अस्पतालमा भर्ना भएकि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच पछिल्लाे काेराेना परीक्षणमा थप मृतक महिला बाहेक थप २ जनामा काेराेना पुष्टि भएकाे छ । संक्रमित दुबै धनुषा निवासी २० र ६५ वर्षीय पुरूषा रहनु भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button