तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाका कारण ३ लाख १२ बढीको मृत्यु, मृत्यु हुनेमा अमेरिकामा सबैभन्दा बढी

काठमाडौं । विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख १२ हजार ३ सय १७ पुगेको छ ।

४७ लाख १५ हजार बढी संक्रमित मध्ये करिब १८ लाख १० हजार उपचार पछि निको भएका छन् ।

४४ हजार ८ सय ४० जना संक्रमितको स्वास्थ्य गम्भीर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

पछिल्लो तथ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण ८९ हजार ५ सय ४० जनाको मृत्यु भएको छ ।

संक्रमितको संख्या १५ लाख ६ हजार नाघेको छ । बेलायतमा २ लाख ४० हजार संक्रमित मध्ये ३४ हजार ४ सय बढीको मृत्यु भएको छ ।

इटलीमा शनिबारसम्ममा दुई लाख २३ हजार ८८५ सङ्क्रमित भएका छन् भने ३१ हजार ६१० व्यक्तिको मृत्यु भएको छ ।

फ्रान्समा १ लाख ७९ हजार बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २७ हजार ६ सय नाघेको छ ।

यस्तै स्पेनमा २ लाख ७६ हजार कोरोना संक्रमित मध्ये २७ हजार ५ सय बढीको मृत्यु भएको छ ।

ब्राजिलमा २ लाख ३३ हजार बढी संक्रमित हुंदा १५ हजार ६ सय बढीको मृत्यु भएको छ ।

उता जर्मनीमा १ लाख ७६ हजार बढी संक्रमित र ८ हजार बढीको मृत्यु भएको छ ।

चीनमा ८२ हजार ९ सय बढी कोरोना संक्रमित हुंदा मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३३ पुगेको छ ।

रसियामा २ लाख ७२ हजार बढी कोरोना संक्रमितमा मृत्यु हुनेको संख्या २ हजार ५ सय नाघेको छ ।

यसैगरी भारतमा ९० हजार ६ सय बढी कोरोना संक्रमितमा २ हजार ८ सय ७१ जनाको मृत्यु भएको छ । (एजेन्सी)

प्रतिक्रिया राख्नुहोस्

Back to top button