तपाईँ सुन्दै हुनुहुन्छः

सीमामा अलपत्र २९ जनालाई उद्धार गरी क्वारेनटाइनमा राखियो

जुम्ला । भारतबाट जिल्लामा आएका २९ जनालाई क्वारेन्टाइनमा राखिएको छ । भारतमा मजदुरी गरेर फर्किंदै गरेका कर्णालीका दुई सयसहित अन्य नानपारामा अलपत्र परेकालाई उद्धार गरी ल्याएर क्वारेन्टाइनमा राखिएको हो ।

शनिवार मध्ये राती १ बजे गाडीमा खलङ्गा पुगेका उनीहरुलाई सुरक्षाको निगरानीमा कर्णाली प्राविधिक शिक्षालयमा राखिएको छ ।

भातबाट आएका मध्ये २५ जना हिमागाउँपालिकाका, एक जना कनकासुन्दरी, एक जना तिलाको , एक जना हुम्ला र एक जना मुगुका गरी २९ जना रहेका छन् ।

जुम्लाका २८ तथा कर्णालीका दुई सयसहित सिमामा अलपत्र साढे चार सय नेपाली मजदुरको उद्धार गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेको समन्वय, कर्णाली प्रदेश सरकार तथा सम्बन्धीत सबै जिल्ला प्रशासनको समन्वयमा सीमामा अलपत्र मजदुरहरुको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताउनुभयो ।

करिब ४५ दिन देखि नानपारामा कष्टकर जीवन बिताइरहेका उनिहरुलाई नेपागन्जबाट आरडिटी चेकजाँच गरेर शुक्रबार नै उद्धार गरिएको छ ।

नेपाली एकता समाजको तथ्याङ्क अनुसार दैलेख ३६, कालिकोटका छ, जुम्लाका २८ र सुर्खेतका छ जनालगायत कर्णालीका दुई सय जना कर्णालीका मजदुर सिमानामा अलपत्र थिए ।

२० पत्रकारसहित तीन सय ३० जनाको स्वाब सङ्कलन
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पत्रकार र प्रतिष्ठानका कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको स्वाब सङ्कलन गरेको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्यत्रणको अग्रपन्तिमा रहेका पत्रकारहरुको पिसिआर परिक्षणका लागि स्वाब सङ्कलन गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लले बताउनुभयो ।

उहाँका अनुसार जुम्लामा रहेर राष्ट्यि तथा स्थानीय मिडियामा लकडाउनका बीच पनि क्रियाशील रुपमा पत्रकारिता गर्ने २० पत्रकारको स्वाब सङ्कलन गरिएको नेपाल पत्रकार महासंघका शाखा जुम्लाका उपाध्यक्ष नेत्र शाहीले बताउनुभयो ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वय तथा प्रतिष्ठानको आयोजनामा पत्रकारको स्वाब सङ्कलन गरिएको हो ।

साथै कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मी, चिकित्सक, तथा जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारीसहित तीन सय ३० सय जनाको स्वाब सङकलन गरिएको छ ।

तीन सय ३० जना स्वास्थ्यकर्मी र २० जना पत्रकारको गरी तीन सय ५० जनाको पिसिआर रिपोर्ट भोली भित्रै आउने प्रतिष्ठानका अस्पताल निर्देशक मंगल रावलले जानकारी दिनुभयो

प्रतिक्रिया राख्नुहोस्

Back to top button