तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङका एक सय नौ जनाकै कोरोना परीक्षण रिर्पोट नेगेटिभ

बागलुङ । बागलुङको गलकोटका एक सय नौ जनाकै कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

शुक्रबार र शनिबार स्वाब सङकलन गरी परिक्षणका लागि पोखरा पठाइएको र सबै जनाको कोरोना परिक्षण रिर्पोट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख डा. सुरज गुरौले जानकारी दिनुभयो ।

केहीदिन अगाडी पर्सामा गलकोटबाट गएका १४ मजदुरमा कोरोना पुष्टि भएपछि उनीहरुसँग सम्पर्कमा आएका नागरिकहरुको स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाइएको थियो ।

उनीहरुको सम्पर्कमा आएका जनप्रतिनिधि आठ जना, स्वास्थ्य कर्मी १६ जना, सुरक्षाकर्मी चार जना, पत्रकार एक जना, बैंक तथा वित्तीय संस्थाका कर्मचारी पाँच र अन्य नागरिक ८७ जान गरी एक सय नौ जनाको स्वाब सङ्कलन गरि परिक्षणका लागि पठाइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button