तपाईँ सुन्दै हुनुहुन्छः

इजरायली संसदबाट नयाँ सरकारलाई विश्वासको मत

काठमाडौं । इजरायली संसद (नेसेट)ले प्रधामन्त्री बेन्जामिन नेतन्याहू र मुख्य विपक्षी नेता बेन्नी गान्जको एकताको नवगठित सरकारलाई आइतबार समर्थन गरेको छ ।

विश्वासको मत प्राप्त गर्न नेसेटमा भएको मतदानमा नवगठित सरकारको पक्षमा ७३ मत प्राप्त भएको थियो । विपक्षमा ४६ मत परेको थियो ।

इजरायलकै इतिहासमा कुनै दल वा गठबन्धनले बहुमत ल्याउन नसक्दा एक वर्ष्भित्रै तेस्रो पटक संसदका लागि आमनिर्वाचन भएको थियो । सरकार गठनमा यसपटक पनि समस्या देखिएपछि प्रधानमन्त्री नेतन्याहू र उहाँका प्रतिद्वन्द्वी बेन्नी गान्जबीच सत्ता साझेदारीका विषयमा सहमति जुटेपछि नयाँ सरकार गठन भएको हो ।

सरकारले संसदबाट अनुमोदन प्राप्त गरेलगत्तै अब नयाँ मन्त्रिपरिषद गठनका लागि बाटो खुलेको छ ।

नयाँ सम्झौता बमोजिम पहिलो १८ महिना वर्तमान प्रधानमन्त्री नेतन्याहू प्रधानमन्त्री पदमा रहनु हुनेछ भने त्यसपछि सन् २०२१ को नोभेम्बर १७ बाट बेन्नी गान्ज प्रधानमन्त्री बन्नु हुनेछ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button