तपाईँ सुन्दै हुनुहुन्छः

थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि, कुल ३७५ पुग्यो

काठमाडौं । पछिल्लो कोरोना परीक्षण रिपाेर्टअनुसार थप १८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं, बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, भेरी अस्पताल, नेपालगन्ज र कोशी अस्पताल विराटनगरमा गरिएको परिक्षण १८ जनामा संक्रमण देखिएको हो ।

संक्रमित हुनेमा धनुषाका २, खोटाङ का १, बाँकेका १२,दैलेख १, सुनसरी १, झापाका १ जना रहेका छन् ।

योसँगै नेपालमा कोरोनाबाट ३ सय ७५ जना संक्रमित भएका छन् भने २ जनाको मृत्यु भएको छ । ३६ जना डिस्चार्ज भैसकेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button