तपाईँ सुन्दै हुनुहुन्छः

श्रीमानले खुकुरी प्रहार गर्दा श्रीमती गम्भीर घाइते

चितवन । पर्वी चितवनको रत्ननगर–१५, माधवपुरमा गए राती श्रीमानले खुकुरी प्रहार गर्दा श्रीमती गम्भीर घाइते हुनु भएको छ ।

दिपज्योती टोल निवासी ५४ बर्षिय श्रीमान पुर्णप्रसाद ढकालले आफ्नो श्रीमती ४३ बर्षिया शुशिला ढकाललाई खुकुरी प्रहार गर्दा उहाँ गम्भीर घाइते हुनुभएको र घाइतेको उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर लगिएको वडा अध्यक्ष हुमनाथ लामिछानेले जानकारी दिनुभयो ।

खुकुरी प्रहार गर्ने श्रीमान पुर्णप्रसादलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय, टाडी, चितवनका प्रहरी नायब उपरीक्षक (डिएसपी) रबिन कार्कीले जानकारी दिनुभयो ।

खुकुरी प्रहार गर्ने पुर्णप्रसाद ढकालको बारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button