तपाईँ सुन्दै हुनुहुन्छः

भेरी नदीमा बेपत्ता बालिका तीन दिनपछि मृत फेला

सल्यान । सल्यानमा भेरी नदीमा बेपत्ता बालिका तीन दिनपछि मृत फेला परेकी छन् ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–१ घाटगाउा निवासी १० वर्षिया लक्ष्मी विक मंगलबार मृत फेला परेकी हुन ।

उनको शव सुर्खेत गुर्भाकोट नगरपालिका–९ तल्लो बोटेचौरस्थित भेरी नदी किनारमा भेटिएको इलाका प्रहरी कार्यालय सल्लीबजारले जनाएको छ ।

आइतबारी भेरी नदीमा पानी ल्याउन गएकी विक नदीमा डुवेर वेपत्ता भएकी थिइन ।

शवलाई पोष्टमार्टमका लागि सुर्खेत मेहलकुना अस्पतालमा राखिएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button