तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभाबाट दुई विधेयक पारित

फाइल तस्बिर

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले दुईवटा विधेयक पारित गरेको छ ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङफेले प्रस्तुत गर्नुभएको “नेपाल बिशेष सेवा विधेयक, २०७६ लाई बहुमतले पारित गरेको छ ।

यस्तै युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले प्रस्तुत गर्नु भएको राष्ट्रियसभाबाट पारित गरी प्रतिनिधिसभामा पठाइएको “राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५ लाई प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित बैठकले पुनः पारित गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषालले प्रस्तुत गर्नु भएको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त “बीउ बिजन (दोस्रो संशोधन) विधेयक, २०७५”र “बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५” लाई बैठकको सर्वसम्मतीले स्विकृत गरेको छ ।

विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले “नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६” सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नु भएको थियो ।

बैठकमा राष्ट्रिसभाका अध्यक्ष गाणेशप्रसाद तिमिल्सिनाले कार्यव्यवस्था परामर्श समितिमा सदस्यमा मनोनित गर्नका लागि प्रस्ताव गर्नु भएको सांसदहरु अनिता देवकोटा, गोपीबहादुर सार्की आछामी, प्रकाश पन्त, शेखरकुमार सिंहको नामलाई बैठकले सहमति दिएको छ ।

राष्ट्रियसभाको अर्को बैठक जेठ १२ गते सोमबार विहान ११ः०० बजे बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button