तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानका स्थानीय तहले पाँच हजार भिटिएम खरिद गर्दै

सल्यान । सल्यानका स्थानीय तहले कोरोना भाइरस जाँचका लागि पाँच हजार भिटिएम किट खरिद गर्ने भएका छन् ।

भारतलगायत शंकास्पद ठाउँबाट आएका ब्यक्तिहरुको जाँच गर्न आवश्यक पर्ने स्वाव सङकलनका लागि भिटिएम खरिद गर्ने जनाएका छन् ।

जिल्ला विपद ब्यवस्थापन समिति सल्यानको बैठकमा सहभागी स्थानीय तहका प्रमुखहरुलले भारतलगायत तेस्रो मुलुक र अन्तरजिल्लामा सल्यानका १६ हजार नागरिक रोजगारीका लागि गएका केही फकर्ने तयारीमा रहेकोले पिसिआर जाँचपछि मात्रै घर पठाउन उपयुक्त हुने भएकाले भिटिएम खरिद गर्ने निणर्य गरेको जनाएका छन ।

विश्वमा फैलिरहेको कोभिड–१९ को रोकथाम नियन्त्रणलाई प्रभावकारी बनाउन भारतलगायत अन्य मुलुकबाट भित्रिने शंकास्पद ब्यक्तिहरुको परीक्षणको लागि भिटिएम अभाव भएकाले १० वटै स्थानीय तहले कम्तीमा पाँच सयका दरले भिटिएम खरिद गर्ने निणर्य गरिएको छ ।

दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले क्वारेनटाइनमा धेरै राख्नुभन्दा पिसिआर जाँच गरी नेगेटिभ नतिजा आएमा होम क्वारेन्टाइनमा राख्न उचित हुने भएकाले बाहिर आएका ब्यक्तिहरुलाई पिसिआर जाँच गरेर मात्र घर पठाइने बताउनुभयो ।

सल्यानका सबै स्थानीय तहले विपद पूर्व तयारी एवंम प्रतिकार्य योजना बनाउने भएका छन् । उनिहरुले कोभिड–१९ लाई ध्यान दिएर पहिले बनाएका प्रतिकार्य योजनालाई अघि बढाउने निणर्य गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम अधिकारीले मनसुनजन्य पूर्व तयारीको रणनीति र कार्यनीतिलाई परिमाजर्न गरी कोभिड–१९ को परिपेक्षमा परिमार्जन गर्ने स्थानीय तहले काम गर्ने बताउनुभयो । बाढी पहिरो, आगलागी जस्ता विपदलाई ध्यान दिएर योजना बनाइने छ उहाँले भन्नुभयो ।

बन्दाबन्दीको समयमा जिल्ला बाहिरबाट आएका ब्यक्तिहरुको जानकारी लिन प्रत्येक स्थानीय तहले अनुगमन समुह गठन गरी परिचालन गर्ने निणर्य गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button