तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लाका किसानलाई जौ बाली भित्र्याउने चटारो

जुम्ला । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका बीच पनि जुम्लाका किसानलाई जौ बाली भित्र्याउने चटारो भएको छ ।

जुम्लामा जौ भित्र्याए  लगत्तै कालिमार्सी धान रोपाई शुरु हुने भएकाले पनि किसान धमाधम जौ काट्न बेस्त भएका छन् ।

यद्यपी चन्दनाथ नगरपालिका, गुठिचौर पालिकाकालगायतका सिमलो क्षेत्र जहाँ जौ नरोपिएको खेतमा भने धान रोपाई शुरु भइसकेको छ । तर जुम्लामा ९० प्रतिशत रोपाई भने जेठ दोस्रो हप्ताबाट मात्र शुरु हुने गदर्छ ।

जुम्लाका एक नगरपालिकासहित सात गाउँपालिकाका सबै किसान यतिबेला जौ भित्राउनमै बेस्त भएका छन् ।

स्थानीय किसान लोकबहादुर दमाई भन्नुहून्छ, “जेठ १७ गते रोपाइको पालो छ । त्यही दिन रोपिएन भने पानी पाइदैन् । त्यसैले जौ परिपक्क नभएपनि काटेर घरको छतमा परम्परागत शैलीमा भण्डारण गर्छौ ।”

धान रोपाइको पालो छोप्नका लागि भएपनि केही किसान जौ नपाक्दै भित्राउन बाध्य छन् । हेला बालीका रुपमा लिइने जौ आवश्यक मलजल सिँचाई तथा स्याहार बिनै पनि मनग्य उत्पादन हुन्छ । मन्दिरको पुजा, विबाह वर्त बर्तबन्ध्रमा अनिवार्य जौ चाहिन्छ ।

तर सुगरका रोगीहरुका लागि जौ निकै उपयुक्त हुने भएता पनि अन्य बाली भन्दा निकै हेला गरिन्छ । तर यसको खेत ीभने अहिलेसम्म नघटेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “जौ जुम्लाको अर्गानिक बाली हो, यसको प्रर्बधन आबश्यक छ । पछिल्लो समय जौ लगाउने खेतमा तरकारी खेती गर्ने क्रम पनि बढेको छ । तर पनि तातोपानीको लाछु जियुलो, सिंजा क्षेत्रका ठुलाठुला ज्युलामा भने जौ खेती गर्न छोडिएको छैन् ।”

उहाँले जौको महत्व किसान नबुझ्ने हो भने केही समयपछि लोपउन्मुख हुन सक्ने दबताउनुभयो । धान जस्तै मेहनत गर्नुपर्ने सजिलो बाली भएकाले पनि जौलाई हेला गरिएको हो ।

जौका व्यापारी दल खड्काले भन्नुभयो, “म वर्षेनी लाखौँको जौ खरिद गरेर काठमाडाँै पशुपतीमा बेच्न लैजाने गर्छुु, पशुपतीमा जौ नभएसम्म पुजा चल्दैन, धार्मिक दृष्टिले जौलाई शुद्ध बालीका रुपमा लिने गरिन्छ ।

तर स्थानीयले महत्व नबुझ्दा कुहाएर फाल्ने जौलाई वर्षेनी खरिद गरेर विभिन्न जिल्लामा बेचेर लाखौँ आम्दानी गरिरहेको खड्काको भनाई छ ।

जुम्लाका १९ हजार घरधुरी अधिकांश किसान जौ खेती गर्छन् । तर चेतनाको अभावले अन्यबाली जस्तै जौलाई महत्व दिदैनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button