तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली काँग्रेसद्वारा ‘एप’ र ‘वेब एप’ सार्वजनिक

फाइल तस्बिर

काठमाडौं । नेपाली काँग्रेसले ‘संकटमा उद्धार मातृभूमिको कर्तव्य’ भन्ने उद्घोषसहित आज ‘एप’ र ‘वेब एप’ सार्वजनिक गरेको छ ।

नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै काँग्रेसको सूचना, संचार तथा प्रचार विभागले निर्माण गरेको एप नेपाललगायत विश्वका ४३ देशबाट एकै साथ सार्वजनिक गरिएको जानकारी दिनुभयो ।

विश्वका विभिन्न देशमा अप्ठ्यारोमा परेका नेपालीहरुको विवरण संकलन गरी अप्ठ्यारोमा परेर देश फर्कन चाहने नेपालीको तथ्यांक संकलन गर्न एप सार्वजनिक गरिएको र यसले संकलित तथ्यांक वर्गीकृत गरेर व्यक्तिको स्थितिको प्राथमिकताका आधारमा राहत ब्यवस्थापन र उद्दार गर्न नेपाल सरकारलाई सघाउ र दबाब पुर्याउने काँग्रेसले विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button