तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश प्रमुखबाट जेठ १३ गते प्रदेशसभाको बैठक आह्वान

फाइल तस्बिर

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख शर्मिला कुमारी पन्तले सुदूरपश्चिम प्रदेश सभाको छैटौँ अधिवेशन (बैठक) यही जेठ १३ गतेका लागि आह्वान गर्नुभएको छ ।

उहाँले जेठ १३ गते दिउँसो २ः०० बजेका लागि बैठक आह्वान गर्नु भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुखबाट प्रदेश सभाको बैठक आह्वान सम्बन्धीको पत्र प्राप्त भइसकेको सभामुख अर्जुन बहादुर थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button