तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश सचिवालयका कर्मचारीसहित एक सय १२ जनाको थ्रोट स्वाब सङ्कलन

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको यही जेठ १३ गते बस्ने (बर्खे) छैटौँ अधिवेशन (बैठक)लाई लक्षित गरी आज प्रदेश सचिवालयका कर्मचारीसहित एक सय १२ जनाको थ्रोट स्वाब सङ्कलन गरिएको छ ।

पहिलो चरणमा आज प्रदेश सभा सचिवालयका कर्मचारी, सुरक्षाक्रर्मी, पत्रकार गरी एक सय १२ जनाको थ्रोट स्वाब सङ्कलन भएको सभामुख अर्जुन थापाले जानकारी दिनुभयो ।

उहाँले भोलि प्रदेश प्रमुख,  मुख्यमन्त्री,  मन्त्री गण, प्रदेश सभा सदस्यहरूको थ्रोट स्वाब सङ्कलन हुने बताउनुभयो ।

थ्रोट स्वाब सङ्कलनको काम पुरा भएपछि सबैको पिसिआर जाँच गर्ने तयारी रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सभाको बर्खे अधिवेशन यही जेठ १३ गते बस्दै छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button