तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीको गौरीफन्टा नाकामा अलपत्र परेका आठ सय ५८ नेपालीको उद्धार

धनगढी । कैलालीको गौरीफन्टा सिमानाकामा अलपत्र परेका आठ सय ५८ नेपालीलाई उद्धार गरी नेपाल भित्र्याइएको छ ।

नेपाल प्रवेशका लागि सीमा क्षेत्रमा पुगेका ती नेपालीहरूलाई स्थानीय प्रशासनले गयराती उद्धार गरी कैलाली भित्र्याएको हो ।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भारतको विभिन्न ठाउँबाट सिमानाकामा पुगेका आठ सय ५८ जना नेपालीहरूलाई उद्धार गरी सम्बन्धित जिल्लामा पठाइएको जानकारी दिनुभयो ।

उहाँले गौरीफन्टा नाका भएर अझै एक हजार नेपाली स्वदेश प्रवेशका लागि भारतको पलियाबाट बसमा आएको सूचना प्राप्त भएको बताउनुभयो ।

नेपालीहरूलाई भारतीय सुरक्षाक्रर्मीले सहज रूपमा नेपाल–भारत सिमानाका सम्म आउन दिन थालेपछि भारतमा रहेका नेपालीहरू बस रिजर्भ गरेरै गौरीफन्टा नाकामा पुग्ने गरेका छन् ।

विभिन्न जिल्लाका बासिन्दा रहेका उनीहरूलाई स्वास्थ्य परीक्षण नगरी नेपाल भित्रिएपछि कोरोना सङ्क्रमणको जोखिम बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button