तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा तीन जना आइसोलेसनमा भर्ना

धनगढी । कैलालीमा तीन जनालाई सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको छ ।

कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि धनगढीका तीन जनालाई अस्पताल भर्ना गरिएको बताइएको छ ।

आइसोलेसनमा राखिएका मध्ये दुई जना भारतबाट आएर क्वारेनटाइनमा बसेका व्यक्ति तथा अर्का एक जना रहेको र उनीहरूको पिसिआर जाँचको तयारी गरिएको अस्पतालको कोभिड–१९ उपचार विभागले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button