तपाईँ सुन्दै हुनुहुन्छः

झापामै अब कोभिड अस्पताल र पीसीआर प्रयोगशाला बन्ने

भद्रपुर, झापा । अब झापामै कोभिड अस्पताल सञ्चालन र पीसीआर टेस्ट गर्ने प्रयोगशाला निर्माण हुने भएको छ ।

झापाको कोरोना सङ्क्रमण, रोकथाम, अनुगमन तथा समन्वय समितिको हिजो भद्रपुरमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

झापामा एउटा कोरोना अस्पताल र पीसीआर प्रयोगशाला बनाउने निर्णय भएको समितिका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिनुभयो ।

ती दुवै कामका लागि तीन दिनभित्र समितिले स्थानको खोजी गर्ने भएको छ ।

पछिल्लो समयमा झापाका कोरोना सङ्क्रमणको दर उच्च देखिएको र भारतबाट आउने नेपालीको सङ्ख्या बढ्दै गएपछि समितिले नयाँ कदम चाल्न लागेको हो ।

बैठकमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button