तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नंं २ को सवै पालिकामा कन्ट्राक्ट्रेसिङ्ग प्रशिक्षण दिने तयारी

 

जनकपुरधाम । कोरोनाको संक्रमणमा परेका व्यक्तिहरुको कन्ट्राक्ट्रेसिङ्गमा प्रभावकारीता नआएको भन्दै प्रदेश नंं २ का सरकारले पालिका स्तरमा रहेका स्वास्थ्यकर्मीलाई यस सम्बन्धि प्रशिक्षण दिने भएको छ ।

प्रदेश नंं २ मा कोरोनाको संक्रमण बढ्दै गएको भन्दै प्रभावकारी तरिकाले कन्ट्राक्ट्रेसिङ्ग गर्नका लागि प्रशिक्षण दिन लागेको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

विश्व स्वास्थ्य संगठनका विज्ञ तथा यस सम्बन्धि दक्षता हासिल गरेका विज्ञहरुले परीक्षण दिने कार्यक्रम रहेको छ । प्रभावकारी कन्ट्राक्ट्रेसिङ्ग नभएका कारणले समुदायमा कोरोनाको संक्रमण फैलिने खतरा हुने भएकाले प्रशिक्षण आवश्यक भएको महशुस गरेर प्रशिक्षण दिने तयारी थालिएको छ ।

प्रदेश नंं २ को आठै जिल्लाको पालिकामा रहेका स्वास्थ्य कर्मीहरुलाई दिने कन्ट्राक्ट्रेसिङ्ग प्रशिक्षण पछि कोरोनाका संक्रमितको सम्पर्कमा हुनेलाई खोजतलास गर्नमा प्रभावकारीता आउने विश्वास प्रदेश सरकारको रहेको छ । प्रदेश नंं २ मा १ सय ३६ पालिका रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button