तपाईँ सुन्दै हुनुहुन्छः

लकडाउनमा विरोध प्रदर्शन गर्ने १५ युवा धनुषामा पक्राउँ

जनकपुरधाम । लकडाउन उलंघन गर्दै प्रदर्शनमा उत्रेका जनता समाजवादी पार्टीका १५ जना युवालाई प्रहरीले आज पक्राउ गरेको छ ।

जनता समाजवादी पार्टीका प्रदेश सांसद अशोक यादवको पक्षमा प्रदर्शनमा उत्रेका १५ जनालाई दिउँसो जनकपुरधामबाट पक्राउ गरेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनु भएको छ ।

केहि दिन अघि लकडाउन उलंघन गरी गाडी चलाउँदा सर्लाहीका जनता समाजवादी पार्टीका प्रदेश सांसद यादवको गाडी प्रहरीले जनकपुरधामको भानुचोकबाट नियन्त्रणमा लिएको थियो ।

प्रदेश सांसद यादवले प्रहरीलाई प्रहरीलाई उल्टै तिमिले चिन्दैनौ जस्ता अपशब्दहरु प्रयोग गरी धाकधम्की देखाउँदै अपमान गरेका थिए ।

सोहि विषयको समाचार केहि सञ्चार माध्यममा आएपछि प्रहरी र मिडियाको विरोधमा जनता समाजवादी पार्टीका युवा नेता नविन यादवको नेतृत्वमा केहि युवाहरु समूह जनकपुरधाममा प्रदेर्शनमा उत्रेका थिए ।

उनीहरु विभिन्न नारा लेखिएको प्लेकार्ड सहित प्रदर्शन गरिरहेको बेला प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखेको छ । प्रदेश सांसद यादवले आफ्नो रिसीवी साध्न लकडाउनमै प्रदर्शनमा उतारेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button