तपाईँ सुन्दै हुनुहुन्छः

साउदीमा १ हजार ३६४ नेपालीलाई कोरोना भाइरसको संक्रमण 36

काठमाडौं– साउदीमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या १३ सय ६४ पुगेको छ भने ७ जनाको ज्यान गएको छ ।

साउदी सरकारले दिएको जानकारी अनुसार मार्च २ देखि बिहीबारसम्ममा १३ सय ६४ जना नेपाली नागरिकमा कोरोना सङ्क्रमण पुष्टि भएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

जेद्दा क्षेत्रमा ३ जना र रियादमा रहेको नेपाली दूतावासले हेर्ने क्षेत्रमा चार जना नेपालीको कोरोनाको कारण ज्यान गएको दूतावासले जनाएको छ । साउदीको राजधानी रियाद क्षेत्रमा २९९ जना, पूर्व क्षेत्रमा ६९५, कसिम क्षेत्रमा १९ जना र अन्य क्षेत्रमा ३ गरी रियादमा रहेको राजदूतावाले हेर्ने क्षेत्रमा १ हजार १६ जना नेपालीमा कोरोना सङ्क्रमण भएको छ ।

यस्तै जेद्दा क्षेत्रमा १७६, मक्कामा ६५, मदिनामा ७२, जाजान क्षेत्रमा ३३ र ताबुकमा २ जना गरी ३४८ जना नेपाली सङ्क्रमित छन् । सङ्क्रमितमध्ये १७ जना महिला रहेका छन् ।

अघिल्लो हप्ताको मंगलबार अर्थात बैशाख ३० गतेसम्म ६७४ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको थियो । गएको ९ दिनमा मात्रै थप ६९० जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

साउदीले सङ्क्रमितमध्ये निको हुनेको सङ्ख्या नखुलाए पनि धेरै नेपाली निको भएको साउदीले दूतावासलाई जानकारी दिएको छ ।यस्तै मे २३ देखि २७, सम्मका लागि साउदीले कार्फ्यु जारी गरेकाले यसको पालना

प्रतिक्रिया राख्नुहोस्

Back to top button