तपाईँ सुन्दै हुनुहुन्छः

पाँच पोखरी गाउँपालिकाको कोरोना कोषमा हालसम्म ९१ लाख जम्मा

मेलम्ची । पाँच पोखरी थाङपाल गाउँपालिकाले स्थापना गरेको कोरोना सङ्क्रमण तथा विपद् व्यवस्थापन कोषमा हालसम्म ९१ लाख साठ्ठी हजार आठ सय उनान्सय जम्मा भएको छ ।

आज मानुषी लगुवित्त वित्तीय संस्था लिमिटेड तिपेनीले उक्त कोषमा १५ हजार रुपैयाँ जम्मा गरेको छ ।

संस्थाका शाखा प्रमुख उद्धवकुमार खकुरेलले उक्त रकम बराबरको चेक गाउँपालिकाका अध्यक्ष टासी लामालाई हस्तान्तरण गर्नुभएको गाउँपालिकाका प्रवक्ता पासाङ लामाले जानकारी दिनुभयो ।

सहयोगप्रति संस्थालाई गाउँपालिका अध्यक्ष लामाले धन्यवाद ज्ञापन गर्नुभयो ।

गाउँपालिकाले ५० लाख रुपियाँको “कोभिड–१९ सङ्क्रमण रोकथाम तथा उपचार कोष ” स्थापना गरेर काम गरिरहेको र सो कोषमा हालसम्म गाउँपालिकाको आन्तरिक स्रोतबाट ७० लाख, प्रदेश सरकारबाट १० लाख, कर्मचारीबाट दुई लाख ४५ हजार सात सय ६२, शिक्षकबाट चार लाख ९९ हजार एक सय ३७, जनप्रतिनिधिको एक महिनाको सुविधा बराबर तिन लाख, फेयरमेड फाउन्डेसन पचास हजार, मनबहादुर अधिकारीबाट ५१ हजार , मानुषी लगुवित्त वित्तीय संस्था लिमिटेडबाट १५ हजार रकम जम्मा भएको लामाले जानकारी दिनुभयो ।

गाउँपालिकाले स्वैच्छिक रूपमा प्राप्त सहयोग मात्रै कोषमा जम्मा गर्ने गाउँपालिकाका अध्यक्ष लामाले जानकारी दिनुभयो ।

आफूहरूले सार्वजनिक रूपमा आग्रह नगरी उक्त रकम स्वैच्छिक रूपमा कोषमा जम्मा भएको लामाको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button